‘बुद्धशान्तिको एउटै आवाज, कृषि,औधोगिकिकरण र समून्नत समाज ’

परिचय

बुद्धशान्ति गाउँपालिकामा यहाँहरुलाई स्वागत छ ।

बुद्धशान्ति पूर्वी नेपालको मेची अञ्चल अन्तरगत झापा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित एक सुन्दर गाउपालिका हो  । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । बुद्धशान्ति गाउँपालिकाको कूल क्षेत्रफल ७९.७८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ४१,६१५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मेचीनगर नगरपालिका पश्चिममा अर्जुनधारा नगरपालिका उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका सम्म फैलिएको छ ।