FAQs Complain Problems

सामुदायिक स्वास्थ्य इकाई तथा स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टरको शुभारम्भ

बुद्धशान्ति गाउँपालिकामा मिति २०७४-१०-२१ आइतबारबाट दुईवटा नयाँ कार्यहरू शुभारम्भ भएका छन । वडा नं ६ मा नयाँ सामुदायिक स्वास्थ्य इकाई समुदघाटन र वडा नं ५ को स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टरको शुभारम्भ । इकाई उद्घाटनको अध्यक्षता वडा नं ६ का अध्यक्ष श्री शम्भुप्रसाद पौडेलज्युले र बर्थिङ सेन्टर शुभारम्भ कार्यक्रमको अध्यक्षता वडा नं ५ का अध्यक्ष श्री वासुदेव खतिवडाज्युले गर्नुभएको थियो । दुवै कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री रमेशकुमार भुजेल , विशेष अतिथिद्वय उपाध्यक्ष श्री मीरा भुर्तेल र जि ज स्वा का प्रमुख श्री मधुसूदन कोइरालाज्यु हुनुहुन्थ्यो । इकाईलाई ४ कठ्ठा जग्गादान गर्नुहुने वडा नं ६ निवासी श्री पुण्यप्रसाद भट्टराईज्यु तथा कार्यक्रममा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यवाद। दुवै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना ।

आर्थिक वर्ष: