FAQs Complain Problems

समाचार

आयोजना सम्पन्न भएपछि अन्तिम भुक्तानी लिन एवं फरफारक गर्नका लागि के के कागजातहरु पेश गर्नुपर्छ ?

आयोजना सम्पन्न भएपछि अन्तिम भुक्तानी लिन एवं फरफारक गर्नका लागि के के
कागजातहरु पेश गर्नुपर्छ ?
१)उपभोक्ता समितिले योजनाको रकम भुक्तानीको लागि माग गरेको छाप सहितको
निवेदन पत्र ।
२)सम्बन्धित वडा कार्यालयको योजना सम्पन्न भएको व्यहोरा सहितको भुक्तानीको
लागि गरेको सिफारिस पत्र ।
३)उपभोक्ता समिति बैठकको निर्णयको प्रतिलिपि (उपभोक्ता समितिले सरोकारवाला
उपभोक्ताहरुको आम भेलाबाट आयोजनामा भएको आम्दानी खर्चहरुको विवरण
उल्लेख गरी उपभोक्ता भेलाबाट आम्दानी र खर्च अनुमोदन गरेको निर्णयको र कार्य
सम्पन्न भएकाले भुक्तानीको लागि माग गर्ने भनिएको बैठकको निर्णयको प्रतिलिपी ) ।
४)योजनास्तरीय अनुगमन समितिको (कार्य सम्पन्न भएकाले भुक्तानीको लागि
सिफारिस गर्ने भनिएको) निर्णयको प्रतिलिपि ।
५)खर्च सार्वजनिक सूचना फाराम, विवरण पेश गरेको फाराम (कार्यालयले तोकिए
बमोजिमकै ढाँचामा )

६)प्राविधिक मूल्याङ्कन एवं कार्य सम्पन्न प्रतिवेदन ।
७)आवश्यक विल भरपाई एवं वडाध्यक्ष बाट प्रमाणित डोर हाजिर फाराम ।
 सामान ढुवानी गरेको खण्डमा भने सामान ढुवानी गरेको गाडीको ब्लु बुक,
सवारी चालक अनुमती पत्र
 बिस हजार भन्दा माथिको कर विजक (VAT BILL ) र बिस हजार भन्दा कम
रकमको PAN BILL अनिवार्य हुनुपर्नेछ । योजनाको प्रकृती अनुसार रड,
सिमेन्ट, जस्तापाता (टिन ) लगायतका सामाग्रीको आधिकारीक विक्रेताको कर
विजक (VAT BILL ) अनिवार्य ।
८)आयोजना शुरु हुन भन्दा अगाडिको, आयोजना संचालन भएको अवस्थाको र
आयोजना सम्पन्न भए पश्चातको तस्विर/फोटो ।