कोभिड-१९ कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखी बुद्धशान्ति गाउँपालिकाक्षेत्र भित्र मदिरा जन्यपदार्थ सेवन तथा बिक्रिवितरण प्रतिबन्ध गरिएको बारे सूचना
आयोजना सम्पन्न भएपछि अन्तिम भुक्तानी लिन एवं फरफारक गर्नका लागि के के
कागजातहरु पेश गर्नुपर्छ ?
१)उपभोक्ता समितिले योजनाको रकम भुक्तानीको लागि माग गरेको छाप सहितको
निवेदन पत्र ।
२)सम्बन्धित वडा कार्यालयको योजना सम्पन्न भएको व्यहोरा सहितको भुक्तानीको
लागि गरेको सिफारिस पत्र ।
३)उपभोक्ता समिति बैठकको निर्णयको प्रतिलिपि (उपभोक्ता समितिले सरोकारवाला
उपभोक्ताहरुको आम भेलाबाट आयोजनामा भएको आम्दानी खर्चहरुको विवरण
उल्लेख गरी उपभोक्ता भेलाबाट आम्दानी र खर्च अनुमोदन गरेको निर्णयको र कार्य
योजना सम्झौता भए पछी उपभोक्ता समितिले के के गर्नुपर्छ ?
१)योजना स्थलमा आयोजनाको सूचना पाटी अनिवार्य राख्नुपर्छ,
२)उपभोक्ता समितिले योजना सम्झौता भए पश्चात योजना सञ्चालन गर्न शुरु गर्ने
निर्णय गरे पछी मात्र योजना सञ्चालन गर्न शुरु गर्नुपर्छ । अन्य बैठकहरु आवश्यक्ता
अनुसार बस्नुपर्छ ।
३)बैंक खाता सञ्चालनको हकमा भने कुन बैंकमा खाता सञ्चालन गर्ने हो सोही
बैंकमा समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखत बाट खाता सञ्चालन
गर्ने बैठकको निर्णय प्रतिलिपी र खाता सञ्चालनको लागि व्यहोरा खुलेको निवेदन
गाउँपालिकामा पेश गर्नुपर्छ ।